• Tuesday 8th of September 2026

संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने


  • आशाका किरण

सुरुङ्गा (झापा), १ भदौ (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।

“जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।”

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गर्नुभयो ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सबोधन गर्नुभएको थियो । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij