• Tuesday 8th of September 2026

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट


  • आशाका किरण

काठमाडौँ, १६ असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij