• Tuesday 8th of September 2026

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध


  • आशाका किरण

गोदावरी (कैलाली), २१ असोज : नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गर्नुभएको हो । उहाँले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाउनुभयो । घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पाखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरुबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij