• Tuesday 8th of September 2026

टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर


  • आशाका किरण

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राईलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश सदर गरेको हो । त्यस्तै उच्च अदालतले आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ । यसैगरी टेकनाथ रिजाललाई १५ लाख धरौटी, सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको उच्च अदालतका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला अदालतले गरेको थुनछेकको आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमाथि निरन्तर सुनुवाई भइरहेको थियो । बिहीबार सुनुवाई सकिएपछि उच्चले शुक्रबार फैसला सुनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij