• Tuesday 8th of September 2026

रवि लामिछानेलाई चितवन लगेसंगै समर्थकहरुको प्रदर्शन


  • आशाका किरण

सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसंगै उहाँका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उहाका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरुले नारावाजी गरेका थिए ।

उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार नै काठमाडौबाट चितवन लगिएको हो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij