• Friday 24th of July 2026

देशमा पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको खाँचो रहेको छ : विश्वप्रकाश शर्मा(भिडिओ)


  • आशाका किरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताउनुभएको छ ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारीका बिमोचन कार्यक्रममा शर्माले संसदमा बिकल्प रहुन्जेल पाँच बर्ष कसैले भंग गर्न नसक्ने भन्दै अव पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताउनुभएको हो ।

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोहि प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजि गर्नुपर्ने बताउनुभयो । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उहाको भनाइ छ ।

कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर प्रधानमन्त्री केपी ओलीले भनेको अभिव्यक्तिप्रति महामन्त्री शर्माले पार्टीभित्र फरक मत राख्ने नेताहरु कांग्रेसभित्रै रहेको उल्लेख गर्नुभयो । तर एमालेभित्र प्रश्न उठाउने व्यक्तिलाई भने कारवाही गरिएको उहाले बताउनुभयो ।

उहाले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको धारणा राख्नुभयो । सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफुले दिएको उहाको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरि योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै उहाले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij