• Friday 24th of July 2026

कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण(भिडिओ)


  • आशाका किरण

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्नुभएको हो ।

प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफुले न्याय पाएको बताउनुभयो ।

यसअघिको आफ्‌नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उहाले बताउनुभयो । उहाले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गर्नुभयो । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पार्नुभयो । उहाले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गर्नुभयो ।

शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी गर्नुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij