प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकलाई रोक्न बिपक्षी दलले संसद अवरोध गरेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्नुपर्ने अवस्थामा त्यसलाई प्रभावित पार्न बिपक्षी दलले सदन अवरोध गरेको बताउनुभएको हो ।
उहाले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको समेत बताउनुभयो । १०–१५ हजार मान्छेका जुलुस सधै निकस्ने भन्दै चैत्र १५ गते केहि पनि नहुने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले बेकारका कुरामा नलागी देशको बिकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । चैत १८ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।
