नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकको अहिलेको व्यवस्थाबिरुद्ध सामन्ती तत्वहरूले षड्यन्त्र गरिरहेको भन्दै अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला आएको बताउनुभयो । उहाले गणतन्त्रबादीहरुले पनि आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाले समाजवादले मात्रै देशका सवै समस्या समाधान हुने जिकिर गर्नुभयो ।
