• Friday 24th of July 2026

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न राजेन्द्र लिङ्देनको माग


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गर्न माग गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानविनका लागि स्वतन्त्र न्यायीक छानविन आयोग गठन गर्न माग गरेको हो । बैठकले उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

आफ्ना नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने उहाले बताउनुभयो । त्यस्तै बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको उहाले जानकारी दिनुभयो ।

शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्दत रहेको लिङ्देनले बताउनुभयो । उहाले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रुपमा अश्रुग्यास प्रहार भएपछि घटना घट्न पुगेको जिकिर गर्नुभयो ।

बैठकले शुक्रबार भएको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न पनि माग गरेको छ । अध्यक्ष लिङदेनले सरकारले शुक्रबारको घटनामा सुरक्षा दिन नसकेको धारणा राख्नुभयो । बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न अपिल समेत गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij