नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनुभएका मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले केपी ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिष्ट पार्टी पटक–पटक बिभाजन भएको भन्दै अव ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताउनुभएको हो । रावलले एमालेमा रहेका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान समेत गर्नुभयो । रावलले एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त भएको बताउनुभयो ।
उहाले पार्टीको महाधिवेशनमा आफु मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाउनुभयो । रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजको दावी गर्नुभयो ।
आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उहाले बताउनुभयो ।
रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउदै देशको बिकास र समृद्धिमा ध्यान केन्द्रीत गर्ने उहाको भनाइ छ ।
