आज चैत्र २६ गते देशमा पञ्चायती व्यवस्थाको अन्त गरि प्रजातन्त्रको पुन स्थापना भएकोे ३० बर्ष पुरा भएको छ । सबै भन्दा पहिले प्रजातन्त्र प्राप्तीको लागी आहुती दिने ज्ञात अज्ञात सहिदहरु र महा-मानव वि.पी.कोईराला, प्रजातन्त्रका पिता, लौह पुरुष विर गणेसमान सिंह, सुवर्ण समसेर, सन्त नेता कृष्ण प्रसाद भट्टराई, गिरजा प्रसाद कोईराला, महेन्द्र नारायण निधि, मंगला देवी सिंह, सुसील कोईराला सैलजा आचार्य तथा तत्कालीन बाममोर्चाका नेताहरु मनमोहन अधिकारी, सहाना प्रधान, मदन भण्डारी लगायतका सबै नेताहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । राणाहरुले देशका जनतालाई १०४ बर्ष शोषण गरेको नेपाली कांग्रेसका संस्थापक नेताहरुआफुले पनी भोग्नु भयो । त्यो पिडाबोधबाट उत्पन्न ज्वारभाटाको परिणाम ७ सालमा प्रजातन्त्र स्थापना भएको हो ।पञ्चायतका सासकले पनी जनातालाई ३० बर्ष कष्टकर जिवन यापन गर्न बाध्य पारेको, जेल नेल यातना नेपाली कांग्रेस तथा तत्कालीन बाममोर्चाका नेताहरुलेभोगेको कारण आफ्नो प्राणको आहुती दिएर पनी प्रजातन्त्र ल्याउनु पर्छ । जनतालाई उनिहरुको अधिकार दिनु पर्छ । आर्थीक, सामाजीक, सांस्कृतीक रुपमा समुन्नत बनाएर विस्वको सामु नेपाललाई उदाहरणको रुपमा चिनाउनु पर्छ भन्ने उर्जा कष्टकर जिवनमा पनी जागरण भएकोले, उहाहरुको दृढ अठोट र जनताको अपार समर्थनका कारण २०४६ सालमा प्रजातन्त्रको पुन स्थापना भएको हो ।२०६२-६३ को गणतन्त्र स्थापना पनी यसैसंग जोडीन्छ । प्रजातन्त्र पुन स्थापना भएको ३० बर्ष पुरा भएको छ । तर जनताको सपना साकार पार्न ३० बर्षमा सरकार सञ्चालन गर्ने सासकहरु साच्चै लागी परेका छन त ? जनताको सपना साकार भएको छ त ? समुन्नत नेपालको खाका खोई त ? ३० बर्ष पछी गहन विषय बनेको छ ।
म बस्ने एरीया चावहिल सांखु सडक ६ बर्ष भन्दा बढि समयमा पनी नबन्दाको टिप्पणी गर्दै सेनाको सान्ती मिसनमा लेवनान गएर आउनु भएका अग्रजले भन्नु भयो, बाबु यस्तो पनी विकास हुन्छ ! सँधै भरी युद्धको चपेटामा परेको, सबै बाट हेपिएको लेवनान जस्तो देसले पनी यो लम्वाईको बाटो त तिन महिनामा बनाउछ । यो एउटा उदाहरण मात्र हो । पाठकहरुले सजिलै अनुमान लगाउन सक्नु हुने छ यो लेख कता मोडिदै छ भनेर ।
२०४६ सालको प्रजातन्त्र पुन स्थापना पछी हाल सम्म तत्कालीन राजाको आफ्नैअध्यक्षता र उनले नियुक्त गरेको समेत ५ गरी ३० बर्षको अवधिमा २७ पटक राज्य सञ्चालक फेरीएका छन । यो अवधिमा भएको भ्रष्टाचार र विविध काण्ड लिपिवद्ध गर्ने हो भने भागवत गिता जस्तो २-४ ठेली अपुग हुन सक्छ । ५० लाख भन्दा बढि युवा रोजगारी र सिक्षाको नाउमा विदेश पलायन छन । दैनिक बाक्सामा पोको पारेर ल्याएको युवाको लासको तातीले दिएको पिडा सहन सक्ने खालको छैन ।विकास निर्माण तर्फ सडक, पुल र अन्य भौतिक निर्माण तोकीएको समयमा बनेको छिटफुट घटना बाहेक विरलै सुन्न र देख्न पाईन्छ । ३ बर्षमा सक्नु पर्ने योजना १५ बर्ष सम्म पनी सम्पन्न हुदैनन ।अझै मेघा प्रोजेक्टहरु त अलपत्रे योजनामा रेकर्ड कायम भएका छन । ठुला नेताहरुले ठेकेदार, व्यापारी, तस्कर, माफीयाहरु संग पैसाको बिटो बुझेर मध्यम स्तरका नेता बनाएका छन भने व्यवस्था परिवर्तन देखी सबै राजनैतीक पार्टीका आन्तरीक जिवनलाई चलायमान बनाउन अहोरात्र खट्नेहरु तल्लो स्तरको कार्यकर्ता ।हरेक क्षेत्रमा भएको व्याप्त भ्रष्टाचारको कारण जनता आक्रान्त छन् । भ्रष्टाचार गर्ने सबै नेताहरुको संरक्षणमा छन् ।
२०४६ को जनआन्दोलन हाम्रो उमेर समुहले सानो उमेरका कारण धेरै सुन्न र केही देख्न मात्र पायो । रमाईलोको लागी मात्र संलग्नता जनायो । २०६२÷६३ को जनआन्दोलन भाग २ मा प्रत्यक्ष आफ्नो संलग्नता जनाउने अवसर पायो । धेरैले सहादत प्राप्त गरे, अंग भंग भए, जेल जिवन विताए । आज त्यो बलीदानीको अवमुल्यन भएको सबैले महसुस गरेका छन् । राज्य सञ्चालकहरु आफ्ना सन्तानको लागी राम्रो सिक्षा र रोजगारीका लागी नेपाल स्थित विदेसी कुटनितिक नियोग धाउछन । देसका सबै बाबुआमाका छोराछोरीले नेपालमा नै सर्वसुलभ सिक्षा र आफ्नो परिवार पाल्न सक्ने रोजगारी सिर्जना गर्ने तर्फ कुनै पनी पार्टीका नेता राज्य सञ्चालकमा पदासीन हुदा उदार भएको देखीदैन । सिर्फ उदार भएका छन त आफ्ना परिवार नाता कुटुम्व र आसेपासेका लागी । हरेक तहहरुमा बैधानीक डकैती छ । छानविन र कार्वाही गर्ने निकाय मुखदर्सक छन । ५ – १० हजार घुस छानविन गर्न दौडा दौड गर्नेहरु श्रीमती छोराछोरी पाल्ने खर्च जुटाउन मात्र तल्लीन छन । करोडौं भ्रष्टाचारमा छानविन थाल्यो भने जागीर जाला भन्ने डरले त्राहीमाम छन् । न्यायालय नै राज्यले प्राप्त गर्ने अरवौं राजस्व व्यापारीको पोल्टामा जाने गरि फैसला गर्छन ।
२०४८ र २०५६ सालमा सरकार सञ्चालमा बहुमत प्राप्त नेपाली कांग्रेसका नेताहरु आफ्नै सरकार आफैले ढालेर तत्कालीन एमालेको विरोध र माओवादीको ससस्त्र द्वन्दको कारण जनताको अपेक्षा बमोजीम काम गर्न सकेनौ भन्न पछी पर्दैनन । कहिले कांग्रेसको, कहिले पुरानो पञ्चायती सासकको, कहिले आफ्नै नेतृत्वमा सरकार सञ्चालनमा सहभागी एमालेका नेताहरुले सबै भन्दा बढी समय कांग्रेसको नेतृत्वमा सरकार बनेकोले हामिले जनताको अपेक्षा पुरा गर्न सकेनौ भन्न छाडेका छैनन् । आज दुई तिहाई सरकारको गति सबैले देखेका छन् ।२०४७ मा जारी संविधान जनताको हितमा भएन एउटा जातले मात्र सासन गर्यो, सबै जात जातीको प्रतिनिधित्व भएन भनी जातिय राज्यको विजारोपण गरी १७ हजार जनताको ज्यान जाने गरी ससस्त्र द्वन्द मच्चाउने तत्कालीन माओवादी पार्टीका नेताहरुलाजै नमानी रुढीवादी सामन्ती अवसेसले जनताको चाहना बमोजीम कार्य गर्न बाधा उत्पन्न गर्यो भनी अझै फलाक्न छाडेका छैनन भने तत्कालीन राजा राजनैतीक पार्टीका नेताहरुलाई सधैं जेलमा सडायर मैले राजकाज सम्हाल्न पाईन, जनता सडकमा आएर मलाई फालेको उनिहरुकै कारणले गर्दा उनिहरुको भावना सम्वोधन गर्न सकिन भन्ने तर्कले च्यांखे हान्ने दाउमा छन ।
बिडम्वना यो ३० बर्षमा सरकार सञ्चालन गर्नेहरुले औंलामा गन्न सक्ने सकरात्मक काम बाहेक सरकार ढाल्न घुस, सरकार जोगाउन घुस, जागीर खुवाउन घुस, सरुवा, प्रोमोसनमा घुस, आयातमाघुस, निर्यातमा घुस, योजनामा घुस, मात्र नभएर देस संकटमा रहेको अवस्था महाभुकम्प र कोरोनोको महामारीमा पनी घुस मात्र खोज्ने, भ्रष्टाचारमा लिप्त हुने, जनताको भावनामा खेलवाड गर्ने र आफ्ना उन्नती गर्ने बाहेकको कार्य गरेको पुष्टी हुंदैन । ३० बर्षे पञ्चायती सासन व्यवस्थाले केही गरेन भनी जनताको बलीदानी बाट ल्याएको प्रजातन्त्रको उपलब्धी धरासायी अवस्थामा छ । जनताको आहुतीले ल्याएको गणतन्त्रको उपलब्धी जनतालाईनै आकासको फल भएको छ । महामानव वि.पी.कोईराला, विर गणेसमान सिंह, कृष्ण प्रसाद भट्टराई, महेन्द्र नारायण निधी लगायतका नेताहरुले सुम्पनु भएको उपलब्धीको स्वामित्व ग्रहण गर्न नेपाली कांग्रेसका नेताहरु चुकेका छन । मनमोहन अधिकारी, मदन भण्डारी, सहाना प्रधान लगायतका तत्कालीन बाममोर्चाका नेताहरुले जिम्मा लगाएको उपलब्धीको स्वामित्व ग्रहण गर्न तत्कालीन एमालेका नेताहरु चुकेका छन । हामीले १० बर्ष युद्ध गरेको कारण देशमा गणतन्त्र आएको भनी घमण्ड गर्ने तत्कालीक माओवादीका नेताहरुले प्राप्त उपलब्धी अर्को पुस्तालाई हस्तान्तरण नगरिकनै पार्टीनै विलय भएको छ ।
समग्रमा भन्नु पर्दा प्रजातन्त्रको ३० बर्ष साशकहरुले सत्ता लिप्सा, कमीसन, भ्रष्टाचार, नातावाद, कृपावाद, पद लोलुपतामा विताएका छन् । मतदाताले एउटा पार्टीको नेता कार्यकर्ताले सत्तामा रहदा केही गरेनन् भनी अर्को पार्टीको उमेद्वारलाई मतदान गरी सत्तामा पुर्याउने फेरी अर्को निर्वाचनमा भएको सत्ताधारी पार्टीको नेता कार्यकर्ताको रिसमा अर्को पार्टीको नेता सत्तामा पुर्याउने काम मात्र गरेका छन् । फलानो पार्टीको फलानो नेताको दुरदर्सिताको कारण देश समृद्ध बन्यो, जनताको आशा भरोसा पुरा भयो भनी खुसीका साथ भोट हाल्ने वाताबरण निर्माण नभैकन मतदाताको ३० बर्ष वितेको छ । सत्तासीनहरुको पुरै ३० बर्ष विना दृष्टीकोण, विना लक्ष्य र विना गन्तव्यमा वितेको छ । एसियाकै धेरै मुलुकहरु यही बर्षका विचमा धेरै विकसित र समृद्ध बने । लि क्वानले आफ्नै पुस्तामा सिंगापुरलाई विस्वको उदाहरणीय देश बनाए । मोहम्मद महाथिरले आफ्नै पुस्तामा मलेसियालाई लाखौंको संख्यामा विदेसी कामदारलाई रोजगारी दिन सक्ने बनाए । छिमेकी दुई देश चिन र भारत यही अवधिमा संसारका सर्व सक्तीमान देशमा परिणत हुदै गएका छन् । तर हाम्रा सासकहरुले यो अवधिमा सरकार टिकाउने, सरकार ढाल्ने, भ्रष्टाचार, कमिसन, सत्ता लिप्सा, पद व्यवस्थापन, लगायतको कार्यमा विताएका छन । अहिले भएको समग्र क्षेत्रको विकासलाई अहिलेको पुस्ताले अलीकती पनी गर्भ गर्नु पर्ने बातावरण बनेको छैन ।
राजनैतिक पार्टीका युवा नेता र कार्यकर्ता पङ्ती पनी यो ३० बर्षको अवधिमा निरिह बनेको अवस्था छ । आफ्ना तर्फका सांसद, स्थानीय तहबाट पाएको हजार, लाखका झीना मसिना योजनाको उपभोक्ता समितिमा बसेर सय रुपयां नाफा निकाल्न पाउदा चित्त बुझेको छ । पार्टीहरुका गुट, उपगुट, साना साना समुहको भजन मण्डलीमा मात्र सिमित भएर वितेको छ । पद नपाउदा देशकै क्रान्तीकारी नेतामा गनिएकाहरु नेताको आशिर्वादमा पाएको पदको भारीले मुसा प्रमाणीत भएको पर्याप्त दृष्टान्त हरु छन । सत्ता सञ्चालकलाई कहिल्यै सोध्न सकेनौं तपाईको हिजोको अवस्था के थियो ? आज कहा हुनुहुन्छ ? तपाईलाई आफु बन्न र आफ्नालाई बनाउन कसैले अवरोध गरेन ? देश र जनताको लागी कार्य गर्न मात्र एकले अर्कोलाई अवरोध गरेको हो ? तपाईहरुकै उमेर समुहका नेताले एसीयाकै अन्य मुलुकमा सासन गर्दा आफ्नो देसलाई कहां पुर्याएका छन ? तपाईले सासन गरेको देस आज कहा छ ?
