माननीय ज्यु, नमस्कार ! विश्वभरि फैलिएको महामारीको यस विषम परिस्थितिमा सुरक्षित रहनुहोला भन्ने कामना । ढिला सम्बोधन गरेका प्रधानमन्त्रीलाई छिटो गरेका तपाईंका ११ प्रश्नहरु पढियो, एक सचेत जनताका हैसियतले जवाफ मै दिउँकि झैँ लागे पनि सम्बन्धित ठाउँबाटै जवाफ आउला (ढिलो- चाँडो तपाईं जन्नुस) । माननीय ज्यु, तपाईंको जिज्ञासु स्वभावको म कठोर प्रसंशक । म फेसबुक, ट्विटर, सञ्चार माध्याम र संसदका अधिवेशनहरुमा पनि तपाइँलाई फलो गर्ने गरेको छु र आज पनि तँपाईको जिज्ञासु स्वभावलाई पछ्याउँदै मेरा केहि जिज्ञासाहरु तपाईंसामु राख्ने अनुमति चाहान्छु ।
१.) माननीय ज्यु, प्रमुख प्रतिपक्षी दलको युवा नेता र माननीयका हैसियतले यस विषम परिस्थितिमा जनताका लागि तपाईंको भूमिका के ? र तपाईको पार्टीको भूमिका के ?
२.) तँपाईको पार्टी यस बखत सरकार संचालनमा रहेको भए वा तपाईं स्वयम् प्रधानमन्त्री रहेको भए तपाईंका कदमहरु के हुने थिए ?
३.) कोभिड-१९ को यस आतंकको घडीमा हाम्रो देश नेपाल भन्दा संसारको कुन देश संक्रमण नियन्त्रणका लागि तत्काल तयार र सफल भएको देख्नुभयो ?
४.) विश्वका सबै मुलुक कोरोना भाईरसको उपचार र रोकथामका लागि अहोरात्र अनुसन्धानरत छन्, सामन्य वा असामान्य सरुवा रोग र संक्रमणसंग यस कोरोनालाई दाजेर रोकथामको प्रयास भईरहेको अवस्था र विश्व स्वास्थ्य संगठननै अलमलमा परेको यस परिस्थितिमा कुन विज्ञलाई झिकाएर तंपाईले तत्काल सामाग्री र गुणस्तरको टेस्ट गर्नुहुन्छ ?
५.) तपाईंको प्रत्यक्ष प्रयासमा तँपाइको टोल, छिमेक, वडा, पालिका वा निर्वाचन क्षेत्रमा कति जना क्वारेन्टाईन वा आइसोलेसनमा बसेका छन् ? माननीयको हैसियतले तँपाई संग आफ्नो निर्वाचन क्षेत्रको केहि डाटा छ ? सरकारलाई डाटा संकलनमा सहयोग पुर्याउनु भएको छ ?
६.) देशबाहिर बिभिन्न देशहरुमा रहनुभएका हाम्रा नेपालि दाजुभाई दिदिबहिनिहरुको अवस्था र सुरक्षाका निम्ति हाम्रो देशको सरकार प्रमुख र रास्ट्रप्रमुखले अन्य देशका सम्बन्धित सहकर्मीलाई सम्पर्क गर्नुले के उनिहरु जुधीरहेको महासंकटमा समस्या आउँछ ? बिभिन्न देशहरुमा रहेका हाम्रा राजदुतावास र नियोगहरु संग सम्पर्क र सरकार संग समन्वय गरेर हाम्रा नेपालि जनतालाई उद्दार गर्ने वा सुरक्षा प्रदान गर्ने भन्दा यो सरकारले गर्न सक्ने के छ ? वा अन्य सरकारले के गरिरहेका छन् ? यसमा तपाईंले राज्य बाट खोजेको आवाश्यक कदम के हो ?
७.) गगन जी, यस कोरोना भाईरस कहिले सम्म रहन्छ, कुन बेला यसले कसरि आक्रमण गर्छ र फैलिन्छ वा यसको उपचारका लागि अनुसन्धान कहिले सफल हुन्छ, तपाईं संग यसको जवाफ छ ? हामि संग रहेका वा खरिदको प्रक्रियामा रहेका स्वास्थ्य सामाग्रीहरुको आवाश्यकता र खपत संक्रमणको अवस्था र संख्या, रोकथाम र नियन्त्रणमा सफलताले फरक पर्ने होईन र ? आज सम्मको नियन्त्रणमा सरकारको सफलताका लागि आवाश्यक भएका सामाग्री र जनशक्तिको बारेमा सरकार जानकार छैन होला ? भविष्यमा आइपर्ने समस्या संग जुध्नका लागि आवाश्यक सामाग्री र जनशक्ति तयारि गरिरहेको प्रधानमन्त्रीको सम्बोधन बाट पनि नपुगेर तपाइले चाहेको के हो ?
८.) यस कोरोना रोकथामका लागि सरकारले प्रदेश, स्थानीय सरकार संग समन्वय गरेर प्रदेश स्तरीय कोरोना अस्पताल, पालिका स्तरीय आइसोलेसन र क्वारेन्टाईन स्थापना गरेको खबर तपाइले कहीं कतै पढ्नु भएको छैन वा अबुझ बन्ने प्रयासमा हुनुहुन्छ ?
९.) सरकारले व्यवस्था गरेका प्रोत्सहान भत्ता, विमा लगायतका कार्यक्रमहरु स्वास्थ्यकर्मीहरुका लागि हुन् भन्ने कुरा तपाईंलाई प्रस्ट भएको थिएन ?
१०.) कृषि कार्यलाई निरन्तरता दिन सरकारले बिउ बिजन र मलको सहज आपूर्ति, दुरी कायम राखेर कृषकलाई खेतिका लागि आव्हान जस्ता कदमहरुका बारेमा तपाईं अनविज्ञ हुनुहुन्छ ?
११.) यस विपद घडीमा सरकारले सबै समबन्धित आवश्यक संयन्त्रहरु व्यापक रुपमा परिचालन गरेको छ, सरकार देखि सरकार मोडेलमा सामाग्री खरिद गर्दा समाग्रीको ढुवानी र वितरणमा सेनालाई परिचालन गर्नुमा सरकारको निपुणता माथि प्रश्न उठाऊदा तँपाईलाई आफैंलाई असहज लागेन ?
अन्त्यमा,
माननीय ज्यु, विपदको यस घडीमा तँपाई यस देशको माननीय मात्र होईन प्रतिपक्षी दलको नेता, एक जनता पनि हो । तपाई यस मुलुकको जिम्मेवार युवा हो । तपाईले यस राज्य र सरकारलाई भरोसा गरेर आम जनतालाई विश्वस्त र सचेत बनाउन भूमिका खेल्नु पर्दछ । यस्तो विषम परिस्थितिमा जनतालाई आड भरोसा दिनु पर्ने सम्भावना भएको एक नेताले नै मात्र प्रतिपक्षको भुमिकामा सिमित रहेर राज्यले आफ्ना जनता बचाउँन चालेको कदमनै संकास्पद छ भनेर अनावश्यक वितण्डा मच्चाउँदा गगन जी तपाईंलाई यो देशको माटोको पाप नलाग्ला ? जनतालाई अनावाश्यक रुपमा शसंकित बनाउने दुष्प्रयासका लागि तँपाईलाई राज्यले किन कारबाहीनगर्ने ? तँपाईलाई जनताले जनकारवाहि किन नगर्ने ?
प्रधानमन्त्रीले जीवन र हाम्रा दैनिक हिँडडुल आवात जावतमा जीवनरक्षा महत्वपूर्ण छ, हामीले अन्य कार्यलाई थाति राखेर जीवन रक्षाका लागि सोचौं भन्ने भावमा “यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु” भन्ने कुरा बुझ्नुभएन ? यति बुझ्नु भएन भने थापा काजी, तँपाई आराम गर्नुस् ।
