रूपा गजूरेल अधिकारी “आप्रशा”,काठमाण्डौँ, नेपाल। चीनको वुहान सहरबाट शुरु भई आतंक र महामारीको बिकराल रूप लिदै विश्वभर हंगामा मच्चाई रहेको कोभिड १९ बाट सायद कोहि अपरिचित छैन । आधुनिक संरचना र विज्ञानका नयाँ आयामहरूले संसारलाई कृतिम साजसज्जा गर्न खोजे पनि मानवले भन्दा पहिले नै यो संसारलाई प्रकृतिले भरिपूर्ण सजावट गराईसकेको छ । मानव जिवन पनि प्रकृतिको देन हो । यो संसारमा जे जति प्राणीहरु छन् ती सवैको प्राणको लागि आवस्यक तत्वहरु हावा,पानी,माटो,बनस्पति आदि सवै प्रकृतिकै उपज हो ।प्रकृति सृष्टिको जननी हो। यसको शुरुवात सृृजनको लागि भएको हो, अन्त्य वा विध्वंसको लागी होईन । श्रीमद्भागवतको गीतामा भगवान बिष्णु र लक्ष्मीको सम्वाद छ । पृथ्वीमा हाहाकार र महामारी मच्चिरहेको अबस्थामा लक्ष्मीले बिष्णु भगवानलाई “यो हाहाकार किन चलेको छ,कती समय यस्को सामना गर्नु पर्ने हो,यस्तो महामारी रोकिदिनुस भनि बिन्ती गर्छिन । तब बिष्णु भगवान मुस्कुराउदै भन्नु हुन्छ “जब संसारमा यस्ता समस्या आउछन यो केही समयको लागी हुनेछ जुन सृष्टि संगै बिधाताले लेखीसक्नु भएको छ । जुन एकपटक लेखियो त्यो बिधाता स्वयमले पनि फेर्न सक्नु हुन्न । हुनसक्छ त्यो परीक्षाको समय आइसकेको छ” । फेरी लक्ष्मीले दुःखी हुदै भन्छिन यो कस्तो अचम्म हो जुन संसारमा आफ्नो सन्तानको रूप दिएर जन्माइयो तर तिनको संरक्षण सृष्टि कर्ताले गर्न नसक्ने?फेरी किन बनाईयो प्रभु यस्तो संसार अनि मानिस ? जस्ले भगवान बिनानै सम्हार तर्फ लाग्छ?फेरी बिष्णु भगवान मुस्कुराउदै भन्नु हुन्छ “दिन मात्र भयो भने दिन र रातको अन्तर मानव जातिलाई कसरी थाहा हुन्छ ? फूलको साथ काढ़ा भएन भने फूलको सुगन्ध कसरी थाहा हुन्छ ? शिसिरले उजाड बनाई सके पछि बसन्त आउदाको फरक तब बुझ्छ मानिसले”। मानिसको सृष्टि हामिले गरायौ तर मानब जिवनको इतिहास उनिहरूकै हातमा छोड़ेका छौ, जून उनिहरूकै कर्म अनुसार निर्धारण हुनेछ । मानिसलाई अहिले वल्ल शक्तिको आभास भएको छ । उनिहरूले न्याय ,अन्याय ,पाप, धर्म, सत्य, असत्य जस्ता सम्पूर्ण कुराहरू पनि अब मनन गर्नेछन । हामिले मानवलाई बुध्दि र बिबेक दिएका छौ ।त्यस कारण आफ्नो कर्म अनुसारको फल मिल्ने छ उनीहरूलाई । जब मानवले आफ्नो विवेक गुमाई कार्य गर्न खोज्छ । प्रकाशलाई अध्यारोले ढाँक्न खोज्छ, तब हाम्रो सृष्टि बचाउँन हामी स्वयम पृथ्विमा जानेछौ र बचेकाको उदार गर्नेछौ तिमि चिन्ता नगर ।”समय परिबर्तनशिल छ । समयलाई आफ्नो काबुमा राख्न सक्छु भन्ने र संसारकै शक्तिशाली मै हूँ भन्ने अहमताको एकदिन अबस्य बिनास प्रकृतिले निम्ताऊने कुराहरू हामिले सुन्दै आएका थियौ भने आज आकाशमा उड़ने पंछीको स्वतन्त्र जीवन हेर्दै ,हामी सर्बश्रेस्ठ मानिने मनिसहरु भने,डर र त्राशले उकुशमुकुस हुदै आफ्नो घरमाँ बन्दी हुनु परेको छ ।
यों डरत्रासको अन्त्य अवस्य समाधान बनेर आऊने छ ।तर मानब जातिलाई एक चेतना भने अवस्य सिकाएर जाने भयो । मानबको संसारको सृष्टि प्रकृतिले गरेको हो भने मानव जातिको बिनास मानिस आफैले गरिरहेकोछ । मानविय आविस्कारले असम्भव कुराहरू थोरै मात्र बाँकी रहेता पनी प्रकृतिले बिनास निम्त्याउन सुरू गर्यो भने हामी मूसो झै चुप चाप दुलो भित्र लुकेर अर्कों बिकल्पको खोजी गर्न तिर लाग्ने छौ । जसरी अहिले लक डाउनको पालना गर्नु भन्दा अर्को बिकल्प देखिएको छैन।
तसर्थ एक आपसमा सद्भावको बिकास गरौं, म भन्दा त सानो जाति भनेर अरुलाई सानो बनाएँ भन्ने पाखण्डी सोचको अन्त्य गरौ । अहंले छोपेर आज आफ्नो हातमा शक्ती छ भनि अवसर पाउँदा अरुलाई अत्याचार नगरौ । हामीलाई सहज र सरल दिन अवस्य दिन आऊने छ । तसर्थ सत्यको बाटो हिड्ने, सहि र सत्य कर्म गर्ने,गलत लाई गलतनै र सहीलाई सहि नै हो भन्ने हिम्मत राख्न पाठ पनि पढ़ाएको छ । समाजमा आदर्श कर्म र आदर्शताको पाठ सिकाउन प्रयत्न गर्नेहरूले पहिले आफ्नो चरित्र र आदर्श पारदर्शी हुनुपर्छ भन्ने पाठ पनि सिकायो कोरोनाले । किनकी जन्मसंगै मृत्युपनि अवस्यम्भावी छ, तर कर्म अनुसारको फलको रुपमा मृत्यु वरण गर्नुपर्ने सत्यको बोध पनि कोरोनाले गरायो । सबै कुराको आआफ्नो बिशेषता पनि सृस्टि सँगै बनेको कुरालाई आत्मसाथ गर्नुपर्ने ज्ञान सिक्नु जरुरी छ ।
बिस्वमा महामारी र विनासले अनेकौ रूप लिएर मानव जातिमाथि नियन्त्रण गरेको इतिहासछ । सन् १३४७–१३५१ मा व्ल्याक डेथको नामबाट २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० देखि बिफरको कारण ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । सन् १८१७–१८२३ मा हैजाले १० लाख भन्दा बढि मानिसको मृत्यु भएको थियो । सन् १९१८–१९१९ मा स्पेनिस फ्लु बाट १ करोड ७० लाख देखि ५ करोड सम्म भएको लेखेको छ । विकिपिडियाको अनुसार यो तथ्यांक यो भन्दा पनि वढी अझ १० करोड जनसंख्याको मृत्यृ भएको हुन सक्ने भनर भनेको छ । हाल सन् २०२० मा कोभिड–१९ को कारण आज सम्ममा लगभग ८३,४२४ जनाको मृत्यु भइसकेको कुरा https://www.worldometers.info/coronavirus/?utm_campaign=homeAdvegas1? मा उल्लेख छ । अझ हरेक देशमा भएका र हुनेगरेका दैवी प्रकोक्ष् र विपत्तिको स्मरण पनि हाम्रो मानस पटलमा ताजा नै छन । यसरी विपत्ति पछिको नयाँ इतिहास हेर्ने हो भने बिनासका रूपहरू परिबर्तनशिल देखिन्छन । पहिलो र दोस्रो बिस्व युद्ध पछिको विश्वको अन्तर हेर्ने हो भने तुलना गरेर बताऊन सकिने ठाऊहरू छैनन । जापान, अमेरिका, चीन लगायतका देशहरू बिकासले आकाशनै भेटे झै छन । नेपालको ताजा घटना हेर्ने हो भने २०७२ को महाविनासकारी भूकम्प पछि हामी नेपालीको धेरै कुराहरू अझै भनौं रहनसहन लाई चुनौतीमय ढंगले नयाँ बनाईदिएको छ।आजको आधुनिक बिश्व यसरी बदलिएको छ कि हरेक मानिसको आफ्नो सपनाहरू पुरा गर्न तछाड मछाड गर्दै बेलगाम कूदिरहेका छन । जे गरेरै भय पनि मानिस आफ्नो सपना पुरा गर्नको लागि परिस्थितिको दाशी बनेको छ । उस्का सपना र मागका कुनै निस्चित बिन्दुनै छैन तसर्थ एउटा सपना पुरा गर्यो भने उस्को आकांक्षा अर्कों सपना तर्फ उन्मुख हुन्छ । अन्तिम सास रहे सम्म हरेक मानिसको यहि क्रम जारी रहने कारण नै सम्भवत हामी दुःखी भएका छौं । असीमित माग र सपना परिपूर्तिकै लागि लड्दा लड्दै हामिले हाम्रो जिवनलीलाको अन्तिम घड़ीको पत्तों पाउने नै छैनौ ।
सरकारले यो महामारीलाई मृत्युको रूप नदिई सार्थक गर्न होम क्वारेन्टाइनको घोषणा गरेको र यस्को बिपरित जाने लाई जेल र नगद जरिवानाको समेत घोषणा गरी लकडाउन जारी गरेको विश्वका समाचार सुनिन्छ । यो बिपतको घड़ीमा सरकारलाई सहयोग नगर्ने भनि निजी अस्पतालहरूले कोरोनाको शंका लागेमा बिरामी भर्ती गर्दैन रे भन्ने सुनिएको छ । कतिपय अस्पताल त बन्द अबस्थामा छ रे ? के यो मानवता हो ? मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुदैन भनेझै अस्पताल भनेको नयाँ जीवन दिने थलो हो । जहाँ भगवानको रूप लियर आइ बिरामिको सेवा गर्नु डाक्टरको परंम कर्तव्य हुन्छ। नेपालमा हरेक १० हजार जनसंख्या बरावर एक स्वास्थकर्मी पर्ने रेकर्ड स्वास्थ मंत्रालयलेनै निकालेको कुरा हामीलाई थाहा नै छ । एक डाक्टरले १० हजार नेपालीको स्वास्थको रेखदेख गर्नुपर्ने कठिन जिम्मेवारी सानो चुनौती त होईन तर एक डाक्टर बाचेर १० हजार नेपाली मर्ने कि चुनौतीको सामना गर्ने ? भन्ने बिषयमा बिवाद गर्ने समय पनि नभएको हुदा कोरोना भाइरस बाट पिडित रोगीहरुको सेवामा संलग्न रहदा स्वयम् आफैलाई रोग संक्रमण भई डाक्टरहरु मरी रहेका घटना र दृश्यहरु संचार माध्यमहरु बाट सुन्न आएको छ। एक डाक्टर मर्नु भनेको १० हजार नेपाली मर्नु हो भन्ने नेपालको स्वास्थ क्षेत्रको आँकडालाई हेर्दा पुष्टि हुन्छ । यो स्वास्थ्यकर्मीहरुलाई चुनौति र अवसरको मौका पनि हो । यो संकटको घढीमा सरकारलाई साथ दिई महान स्वास्थ्यकर्मी बन्ने अवसर पनि प्रदान गर्न सक्ने अवसरछ। चुनौति त आफु मरेर अरुलाई बचाऊने कि कायर भयर डरायर भागी आफ्नो ज्यान जोगाउने भन्ने कुराको पनि हुनसक्छ । स्वस्थ्यकर्मीहरुको प्रथम कार्य आफू सुरक्षित रही सेवारत स्थानमा पीडितहरुलाई सेवा गर्नु हो । आफू बाँचे मात्र सेवा र उद्दार गर्न सकिन्छ । मौका छोपि बस्ने ब्वासो जस्तो नबनौं । सत्यको आत्मसात गर्दै आफूले मानवतको परिचय दिई यो बिपत्ति बाट एकजना पनि नेपालीलाई गुम्न नदिऔं । यो जन्ममा असल कार्य गर्न सकियो भने पुनः मानब रुपमानै जन्मेर यो संसारको भोग गर्न पाईंने छ।
