चाणक्य चन्द्रगुप्त मौर्यका महामन्त्री थिए, जसले नन्दवंशलाई हटाएर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए ।
चाणक्यद्वारा लिखित ‘अर्थशास्त्र’ एक यस्तो महान ग्रन्थ हो, जसमा राजनीति र अर्थनीतिलाई विस्तृत व्याख्या छ । जुन अहिले पनि सान्दर्भिक छ ।
राज्य संचालन गर्न कस्तो व्यक्ति चाहिन्छ ? के भन्छ चाणक्य नीति ?
१. राज्य संचालन गर्नका लागि त्यही व्यक्ति सक्षम हुन्छन् जो बुद्धिमान, सासही, धैर्यवान, संयमी, दूरदर्शी छन् ।
२. राज्य संचालनका सहयोगीका रुपमा मन्त्री, सचिव, प्रशासनिक एवं न्यायिक पदाधिकारीहरु योग्य, चरित्रवान र विभिन्न कलामा निपूर्ण हुनुपर्ने छ ।
३. राज्य संचालन गर्ने व्यक्तिको मूल धर्म हो, सद्विचार र सद्आचरण । जसमा यो दुई गुण छ, उही नै राज्य संचालनको हकदार हुन्छन् ।
४. विद्वता, विनयीशिलता र कार्यकुशलता राज्य संचालन गर्नेका लागि आवश्यक ।
५. राज्य संचालन गर्नेले जनतालाई सुखी र समृद्ध तुल्याउनका लागि राज्यका सबै निकायलाई कसरी सञ्चालन गर्ने, कस्तो कार्ययोजना बनाउने भन्ने कुराको स्पष्ट ।
६. राज्यको अर्थव्यवस्था कसरी बलियो बनाउने, जनतालाई कसरी सुखी र समृद्ध तुल्याउने, सुशासन कसरी कायम राख्ने, छिमेकी मुलुकहरुसँग कसरी सुमधुर सम्बन्ध स्थापित गर्ने भन्ने सम्बन्धमा परिपक्क र सन्तुलित चिन्तन एवं व्यवहार गर्न सक्ने खुबी ।
