सुदर्शन बजगाई,आशाका किरण समाचार। देश कोरोनाले ठप्प भएको बेला र स्वास्थ सामाग्री खरिद प्रकरणले नेकपा नेतृत्वको सरकारमाथी प्रश्न उठीरहेको बेला प्रचण्डले पार्टीलाई बचाउ गर्नु त कता हो कता आफ्ना नजिकका मिडियालाई सरकार बिरुद्द प्रयोग गरेर सरकारलाई अलोकप्रिय बनाएर सरकार ढाल्ने खेलमा लागेको भन्दै नेकपामा पुर्व एमाले इतरका नेताहरु प्रचण्ड बिरुद्ध खुलेरै मैदानमा उत्रिएका छन् । नेकपाका नेता गोकुल बास्कोटा,दामोदर अर्याल,रमेश पौडेल र गणेश बस्नेत लगाएतले खुलेर प्रचण्डको कार्यशैलीको बिरुद्धमा उभिएपछी नेकपामा खैलाबैला भएको छ । यसले नेकपामा लाईन स्पस्ट पार्ने र नेकपामा उथल पुथल ल्याउने संकेत गरेको कार्यकर्ता तहमा अड्कलबाजि सुरु भएको छ ।प्रचण्डको कारण पार्टी धरासायी बन्न लागेको निस्कर्ष निकाल्दै नेकपा भित्रका पुर्व एमालेहरु संगठित भएर प्रचण्डको बिरुद्ध उत्रिएका हुन्। हेर्नुस आशाका किरणले संकलन गरेको केही नेताहरुको फेसबुकमा प्रकाशित विचार :


यो पनी पढ्नुहोस् :
केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन प्रचण्ड नजिकका मान्छे लागेको खुलासा
